काठमाडौँ ।
नेपाली कांग्रेसका सभापति गगन थापाले ‘टिम नेपाल’ गठन गरेर पाँच वर्षभित्र कुशासन र गरिबी अन्त्य गर्ने घोषणा गरेका छन्। नेपाली कांग्रेसका सभापति थापाले जनकपुरको तिरहुतियामा आयोजित प्रतिज्ञासभामा यस्तो बताएका हुन्।
उनले कुशासन र गरिबी अन्त्य एक्लै सम्भव नभएको उल्लेख गर्दै वडादेखि केन्द्रसम्मका सरकार र सबै राजनीतिक दलको सहभागितामा ‘टिम नेपाल’ बन्ने बताए। कांग्रेसले आजको समस्या समाधान गर्दै भोलिको विकासतर्फ देशलाई अगाडि बढाउने उनले दाबी गरे।
थापाले मधेसलाई शिक्षा, स्वास्थ्य, विज्ञान र सूचना प्रविधिको केन्द्रका रूपमा विकास गर्नुपर्ने आवश्यकता औंल्याए। मधेसको शिक्षा र स्वास्थ्य अवस्था जर्जर रहेको उल्लेख गर्दै किसान, उखु किसान, पर्यावरण र खानेपानी समस्याको समाधानका लागि आफू मधेस आएको बताए।
उनले विदेशमा रहेका नेपालीहरूको हेरचाहका लागि आवश्यक परे दूतावास र कर्मचारीको व्यवस्था गरिने प्रतिबद्धता समेत व्यक्त गरे।











प्रतिक्रिया