निर्वाचनका लागि भारतद्वारा ५३८ गाडी सहयोग


काठमाडौँ ।

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै भारत सरकारले ५३८ वटा गाडी नेपाल सरकारलाई अनुदान स्वरूप उपलब्ध गराएको छ । गृह मन्त्रालयका अनुसार सबै गाडी नेपाल आइपुगेका छन् र निर्वाचन प्रयोजनका लागि वितरण गरिसकिएको छ ।

भारतबाट बोलेरो जिप, स्कोर्पियो तथा स्कोर्पियो पिकअप गरी विभिन्न सवारी साधन उपलब्ध गराइएको हो । तीमध्ये ८७ वटा गाडी निर्वाचन आयोगलाई, २९८ वटा सुरक्षा निकायलाई प्रदान गरिएको छ । नेपाल प्रहरीलाई १९५, सशस्त्र प्रहरी बललाई ९३ र राष्ट्रिय अनुसन्धान विभागलाई १० वटा गाडी उपलब्ध गराइएको छ ।

गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय तथा कारागार कार्यालयहरूमा समेत गाडी वितरण गरेको जनाएको छ । यसैबीच, निर्वाचन सुरक्षाका लागि थप सवारी साधन खरिद प्रक्रिया पनि अघि बढाइएको छ । प्रहरीले केही इलेक्ट्रिक गाडीसमेत भित्र्याइसकेको छ भने थप गाडी निर्वाचनअघि नै आइपुग्ने जनाइएको छ ।