नेपाली कांग्रेसद्वारा ‘भिजन–१०’ सार्वजनिक


काठमाडौं ।

नेपाली कांग्रेसले आगामी निर्वाचनलाई लक्षित गर्दै आफ्नो चुनावी घोषणापत्र ‘भिजन–१०’ सार्वजनिक गरेको छ। जनकपुरमा आयोजित चुनावी सभामा सभापति गगनकुमार थापाले उक्त भिजन सार्वजनिक गरेका हुन्।

‘भिजन–१०’ मा कांग्रेस भएर बाँच्ने नेपालदेखि समुन्नतितर्फ लम्किने नेपालको परिकल्पना गरिएको छ। देशलाई आर्थिक, सामाजिक तथा पूर्वाधार विकासमार्फत समृद्ध बनाउने लक्ष्यसहित विभिन्न प्राथमिकता समेटिएको पार्टीले जनाएको छ।

यस्ता छन् भिजन-१०

१ कांग्रेसको भएर बाँच्ने नेपाल

२ सपना देख्न सक्ने नेपाल

३ सम्पत्ति र रोजगारी सृजनालाई प्रोत्साहन गर्ने नेपाल

४ पेटभरी खुवाउने, देशलाई चिनाउने किसानको नेपाल

५ ओखती र ओत दिने नेपाल

६ छोराछोरी पढाउन आर्थिक भार नपर्ने नेपाल

७ बेथिति र हैरानीमुक्त विधिको शासन भएको नेपाल

८ भौलिकतामा गर्व गर्न सक्ने आधुनिक नेपाल

९ विश्वले सम्मान गर्ने स्वाभिमानी नेपाल

१० समुन्नतिमा लम्कने नेपाल