मुगु ।
जिल्लाका चारवटै पालिकामा फागुन ४ गतेदेखि ६ गतेसम्म किशोरी लक्षित खोप अभियान सञ्चालन गरियको छ। अभियान अन्तर्गत ५१ वटा विद्यालय र ६५ वटा संस्थागत गरी जिल्लाभरका जम्मा ११८ वटा खोप केन्द्रमार्फत ७६२ जना किशोरीलाई खोप लगाइने निर्णय अनुसार खोप लगाईयको हो ।
जसमा छायाँनाथ रारा नगरपालिकामा २७४, सोरु गाउँपालिकामा १८४, खत्याड गाउँपालिकामा २२५ र मुगुम कार्मारोङ गाउपालिकामा ७९ जनालाई लक्षित गरिएको छ।
स्वास्थ्य कार्यालय मुगुका अनुसार कक्षा ६ र १० मा अध्ययनरत किशोरी तथा कक्षा ८–१० मा अध्ययनरत र ११ देखि १४ वर्ष उमेर समूहका खोप लगाउन छुट भएका किशोरीहरूलाई लक्षित गर्दै कार्यक्रम सञ्चालन गरिएको छ। ईचपिभि खोप नामक दिईने किशोरी लक्षित खोपले भबिस्यमा हुने पाठेघरको मुखको क्यान्सरलाई रोकथाम हुने खतराबाट मुक्त हुने र भबिष्यमा क्यासर जोखिम निउनिकरण हुने स्वास्थ्यकर्मि राजेन्द्र बहादुर शाहिले बताउनु भयो ।
खोप अभियानका लागि तालिम प्राप्त स्वास्थ्यकर्मी परिचालन गरिएको छ। विद्यालय र समुदायस्तरमा समन्वय गरी लक्षित समूहसम्म खोप सेवा पुर्याइने स्वास्थ्य कार्यालयले जनाएको छ।
यस अभियानले किशोरीहरूको स्वास्थ्य सुरक्षा तथा रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुग्ने समेत अपेक्षा गरिएको छ











प्रतिक्रिया