काठमाडौं ।
नेपाली कांग्रेसका उम्मेदवार सचिन तिमल्सिनाले काठमाडौं क्षेत्र नं. ४ बाट चुनावी कार्यक्रममा पपुलिजमले देशलाई सही दिशा दिन नसक्ने बताए। उनले आफू स्पष्ट वैचारिक र आर्थिक योजनासहित चुनावी मैदानमा उत्रिएको र युवाहरूलाई अवसर दिइएको उल्लेख गरे।
तिमल्सिनाले भन्नुभयो, “सस्तो लोकप्रियता वा पपुलिजमले मात्र सत्ता ल्याउँछ, तर देश निर्माणको प्रक्रियालाई अघि बढाउँदैन।” उनले बौद्धिक समुदायलाई मौन नबस्न आग्रह गर्दै कांग्रेसले अब देश सम्हाल्ने र बदल्ने जिम्मा लिएर तयार भएको बताए।
पूर्व नीति निर्माता बनेका क्षेत्रको सांसद बन्ने लक्ष्य राख्दै तिमल्सिनाले आफ्नो चुनावी अभियानलाई साझा भविष्यको सपना निर्माणमा केन्द्रित रहेको बताए।











प्रतिक्रिया