बुधबार पनि घट्यो सुनचाँदीको मूल्य


काठमाडौं ।

नेपाली बजारमा बुधबार पनि सुनचाँदीको मूल्य घटेको छ। गत सोमबारदेखि ओरालो लागेको सुनको भाउ बुधबार प्रतितोला एक हजार पाँच सय रुपैयाँले घट्दै तीन लाख चार सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघ ले जनाएको छ। मंगलबार सुन प्रतितोला तीन लाख एक हजार नौ सय रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, चाँदीको मूल्य पनि सामान्य घटेको छ। मंगलबार तोलामा चार हजार आठ सय ८५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार चार हजार आठ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ, अर्थात् प्रतितोला पाँच रुपैयाँले कमी आएको छ।

महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस चार हजार नौ सय ३४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।