प्रलोपा रुपन्देही–३ मा एमालेका घिमिरेलाई सघाउने निर्णय


काठमाडौं ।

प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले रुपन्देही–३ मा नेकपा एमालेका उम्मेदवार वासुदेव घिमिरेलाई सघाउने निर्णय गरेको छ। पार्टीका अनुशासन उल्लंघन गरेका उम्मेदवारलाई कारबाही गरेको कारण यो तालमेल गरिएको हो।

प्रलोपाले आफ्ना नेता, कार्यकर्ता र शुभेच्छुकलाई घिमिरेलाई सूर्य चिन्हमा मतदान गर्न अपिल गरेको छ। यस निर्णयलाई प्रलोपाका क्षेत्रीय इन्चार्ज तथा केन्द्रीय सदस्य रविना भण्डारी र विमला बिकले औपचारिक रूपमा सार्वजनिक गरेका छन्।

पार्टीका नेता वामदेव क्षेत्री र उम्मेदवार घिमिरेले सहमति अनुसार अगाडि बढ्ने जनाएका छन्। त्यस्तै, कर्णाली प्रदेश र साविक राप्तीका केही क्षेत्रमा पनि एमालेसँग चुनावी तालमेल भएको प्रलोपाले जनाएको छ।

यसअघि जनता समाजवादी पार्टी का उम्मेदवारले पनि घिमिरेलाई सघाउने निर्णय गरेका थिए।