काठमाडौं ।
राहदानी विभागले ग्याल्पो ल्होसार (बुधबार) र प्रजातन्त्र दिवस (बिहीबार) का दिन पनि आफ्नो सेवा निरन्तरता दिने भएको छ। विभागले बुधबार बिहान १० बजे देखि दिउँसो १ बजे सम्म राहदानी वितरण सेवा उपलब्ध गराउने जनाएको छ।
त्यसैगरी, बिहीबार पनि विभागले राहदानी आवेदन फारम संकलन गर्नेछ। अत्यावश्यक सेवा भएकाले सार्वजनिक बिदा भए पनि कार्यालय खुला रहने विभागको सूचनामा उल्लेख छ।











प्रतिक्रिया