ग्याल्पो ल्होसारले सद्भाव र सहिष्णुता बढाओस् : डा. शेखर कोइराला


काठमाडौं ।

नेपाली कांग्रेसका मोरङ क्षेत्र नं. ६ का प्रतिनिधि सभा उम्मेदवार डा. शेखर कोइरालाले शेर्पा समुदायको नयाँ वर्ष पर्व ग्याल्पो ल्होसारको अवसरमा स्वदेश तथा विदेशमा रहेका सबै दिदीबहिनी र दाजुभाइलाई शुभकामना दिएका छन्।

डा. कोइरालाले यस पर्वले शेर्पा समुदायको धर्म, संस्कृति, रीतिरिवाज र परम्पराको संरक्षणमा सबैलाई प्रेरित गर्ने तथा नेपाली समाजमा आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना मजबुत बनाउने विश्वास व्यक्त गरेका छन्।

उनले शुभकामना सन्देशमा भने, “ग्याल्पो ल्होसारले नेपालीबीच आपसी विश्वास र एकताको भावना अभिवृद्धि गर्दै आर्थिक र सामाजिक रूपले समृद्ध मुलुक निर्माणमा सबैलाई ऊर्जा प्रदान गरोस्।”