बैतडीमा ४ सय ७ जना नागरिकले आफ्ना हातहतियार प्रहरी प्रशासनमा बुझाए


काठमाडौं ।

बैतडीमा फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षा सुनिश्चित गर्न स्थानीय प्रशासनले आह्वान गरेअनुसार ४ सय ७ जना नागरिकले आफ्ना हातहतियार प्रहरी प्रशासनमा बुझाएका छन्।

जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी कृष्ण थापाका अनुसार जिल्लामा हाल एक हजार ८६ थान हातहतियार रहेका छन्, तर अहिलेसम्म ४०७ थान मात्र बुझाइएको छ। उनले बाँकी हातहतियार बुझाउन आग्रह गर्दै, निर्धारित समयभित्र नगरे कारबाही हुने चेतावनी समेत दिनुभएको छ।

प्रशासनले बुझाइएका सबै हातहतियार र गोलीगठ्ठा चैत २० गतेपछि सम्बन्धित व्यक्तिलाई फिर्ता गरिने जनाएको छ। निर्वाचन शान्तिपूर्ण र भयरहित बनाउन स्थानीय प्रशासनले अनुमतिप्राप्त हातहतियार बुझाउन नागरिकलाई आग्रह गरेको हो।