काठमाडौं ।
ICC Men’s T20 World Cup अन्तर्गत बुधबार समूह ‘डी’को एक र समूह ‘ए’का दुई खेल गरी तीन खेल हुँदैछन्।
पहिलो खेल भारतको नयाँदिल्लीमा बिहान ११:१५ बजे हुनेछ, जहाँ समूह ‘डी’का दक्षिण अफ्रिका र यूएईबीच प्रतिस्पर्धा हुनेछ। दक्षिण अफ्रिका लगातार तीन जितसहित सुपर आठमा प्रवेश गरिसकेको छ भने यूएई दोस्रो जितको खोजीमा मैदान उत्रनेछ।
दोस्रो खेलमा समूह ‘ए’का पाकिस्तान र नामिबियाबीच श्रीलंकाको कोलम्बोमा दिउँसो ३:१५ बजे प्रतिस्पर्धा हुनेछ। सुपर आठमा स्थान बनाउन पाकिस्तानलाई जित अनिवार्य छ। यस समूहबाट भारत ६ अंकसहित अघि बढिसकेको छ भने पाकिस्तान र अमेरिका समान चार अंकमा छन्। रनरेटका आधारमा पछि रहेकाले पाकिस्तानमाथि दबाब बढी छ।
अन्तिम खेलमा भारत र नेदरल्यान्ड्सबीच बेलुका ७ बजे अहमदाबादमा खेल हुनेछ। तीन खेलमा तीन जित निकालेको भारत समूह विजेता बन्ने लक्ष्यसहित मैदान उत्रनेछ। नेदरल्यान्ड्स भने एक जितसहित तालिकाको चौथो स्थानमा छ।











प्रतिक्रिया