काठमाडौ ।
नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य, पूर्वमन्त्री एवं भारतका लागी पूर्व नेपाली राजदूत दीपकुमार उपाध्यायका बाबुछाेरा पार्टीबाट निष्कासित भएका छन् ।
नेपाली कांग्रेस कपिलवस्तुले उपाध्याय र उनका छाेरा आशीष शर्मालाई पाँच वर्षका लागि निष्काशन गर्ने निर्णय गरेको हाे ।
शर्माले क्षेत्र नम्बर १ मा आधिकारिक उम्मेदवार अतहर कमालविरुद्ध बागी उम्मेदवारी दिएका छन्। त्यस्तै महासमिति सदस्यहरु राजेशबहादुर सिंह, कमल टण्डन, बिष्णु न्यौपाने, क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति अब्दुल मन्नान खाँ, जिल्ला सदस्यहरु हरिराज घिमिरे, कमलराज आचार्य, क्षेत्र नं. १ (क) का प्रदेश सभापति दुर्गा केसी, महाधिवेशन प्रतिनिधि डोलकराम घिमिरे, क्षेत्र नम्बर १ (क) प्रदेश सदस्य बिनोद घिमिरे, शुद्धोधन गाउँपालिका सभापति विश्वम्भर कुर्मी, मायादेवी गाउँपालिकाका सभापति शैलेन्द्रधर द्विवेदीलाई पनि कारबाहीको सिफारिस गरिएको छ।
डोलकराम घिमिरे २०७९ को निर्वाचनमा कांग्रेसबाट लुम्बिनी प्रदेश सदस्यमा उम्मेदवार बनेका थिए। कारबाहीका सिफारिसमा पर्नेहरुमा बाणगंगा न.पा. ६ का बुथ ईकाई सभापति अनिल पाण्डे, क्षेत्रीय प्रतिनिधिहरु सरजुप्रसाद चौधरी, तिलकराम पाण्डे, सिडियो भन्ने परमेश्वर पाठक, चर्तुभुजीमणि त्रिपाठी र मिथिला शर्मा पनि रहेका छन्।











प्रतिक्रिया