काठमाडौ ।
मेडिकल व्यवसायी र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं समूहसँग आबद्ध सुनिल प्रसाद शाह (एसपी) लाई प्रहरीले पक्राउ गरेको छ।
उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काका अनुसार शाहलाई बबरमहलबाट मंगलबार पक्राउ गरिएको हो। शाह बाराका स्थानीय हुन्।
सोमबार प्रसाईं पक्राउ परेपछि, शाहले उनका समर्थकहरूलाई गाडी आगजनी गर्न र भिडियो खिचेर पठाउन निर्देशन दिएको खुलेको छ। यसअघि सोमबार प्रहरीले प्रसाईंलाई नै पक्राउ गरेको थियो।











प्रतिक्रिया