काठमाडौं ।
काठमाडौंको महाराजगञ्जस्थित जुत्ता कारखाना क्षेत्रमा पैदलयात्रीमाथि मुक्का हान्ने पारस बम पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसरका एसपी पवन भट्टराईका अनुसार बमलाई थप अनुसन्धानका लागि अदालतबाट ७ दिनको म्याद लिइएको छ।
मंगलबार ट्राफिक प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो। सामाजिक सञ्जालमा सार्वजनिक भिडियोमा बम कारबाट झरेर पैदलयात्रीमाथि गाली गर्दै प्रहार गर्दै गरेको देखिन्छ। प्रहरीले यस घटना सम्बन्धी अनुसन्धान सुरु गरेको छ।











प्रतिक्रिया