नेकपा (बहुमत) का महासचिव धर्मेन्द्र बास्तोला पक्राउ


काठमाडौं ।

नेपाल कम्युनिष्ट पार्टी (बहुमत) का महासचिव धर्मेन्द्र बास्तोलालाई प्रहरीले सुन्धाराबाट पक्राउ गरेको छ। उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले जानकारी दिए। बास्तोलासँगै पार्टीको काभ्रे जिल्ला सेक्रेटरी विष्णु प्रसाद तिम्सिनालाई पनि पक्राउ गरिएको छ।

नेकपा (बहुमत) ले फागुन २१ मा हुन लागेको निर्वाचनको विरोध गर्दै आएको छ र मंगलबार सो समूहले नेपाल बन्द पनि आयोजना गरेको थियो।