जनकपुरधाम ।
नेपाली कांग्रेसका मधेस प्रदेश सभापति एवं मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रधानमन्त्रीका अन्य आकांक्षीहरूलाई कांग्रेस सभापति तथा प्रधानमन्त्रीका उम्मेदवार गगनकुमार थापासँग खुला संवाद गर्न चुनौती दिएका छन्।
मंगलबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा बोल्दै यादवले कांग्रेस जुनसुकै राजनीतिक चुनौतीको सामना गर्न तयार रहेको बताए। उनले प्रधानमन्त्री पदको दाबी गर्ने जोकोही उम्मेदवारले गगन थापासँग एउटै मञ्चमा उभिएर आफ्नो भिजन सार्वजनिक गर्नुपर्ने उल्लेख गरे।
यादवले सबै दलका प्रधानमन्त्रीका उम्मेदवारलाई सार्वजनिक बहसमा सहभागी हुन आह्वान गर्दै कांग्रेसले अबको नेतृत्वका लागि स्पष्ट भिजन अघि सारेको दाबी गरे।
यसैबीच, नेपाली कांग्रेसले बुधबार मधेस प्रदेशको धनुषाबाट आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गर्ने जनाएको छ। ‘भिजन १०’ को थिममा आधारित घोषणापत्रलाई यसपटक ‘प्रतिज्ञापत्र’ नाम दिइएको यादवले जानकारी दिए। उनले धनुषामा आयोजना हुने विशेष सभामा सहभागी भई शीर्ष नेताहरूको सम्बोधन सुन्न र मुलुक निर्माणको जिम्मेवारी बोध गर्न सबै नागरिकलाई अपिल गरेका छन्।











प्रतिक्रिया