काठमाडौं ।
नागरिक बचाउ महाअभियान, नेपालले आफ्ना केन्द्रीय अध्यक्ष दुर्गा प्रसाईको तत्काल रिहाइको माग गर्दै प्रेस विज्ञप्ति जारी गरेको छ। मंगलबार जारी विज्ञप्तिमा सरकारले बिना कारण पक्राउ गरी राजनीतिक प्रतिशोध साधेको आरोप लगाइएको छ।
महाअभियानले आज बेलुकी ५ बजेसम्म प्रसाईंलाई ससम्मान रिहा नगरे वारपारको आन्दोलनमा उत्रिने चेतावनी दिएको छ। साथै, फागुन ७ गतेसम्म सरकारसँग भएको १२ बुँदे सहमति कार्यान्वयन गर्न माग गरिएको छ।
विज्ञप्तिमा कथित रूपमा फागुन २१ गते हुने भनिएको निर्वाचन बहिष्कार गर्ने घोषणा गर्दै अनिश्चितकालीन नेपाल बन्दको आह्वानसमेत गरिएको छ। यातायात, शैक्षिक संस्था, उद्योग–व्यवसाय तथा बजार बन्द रहने जनाइएको छ।












प्रतिक्रिया