काठमाडौँ ।
नेपाल इन्जिनियर्स एशोसिएसनले सर्लाहीको मलंगवामा सब–इन्जिनियर प्रमोद कुमार यादवको हत्या भएको घटनाको निन्दा गर्दै काठमाडौँको माइतीघर मण्डलामा विरोध सभा आयोजना गरेको छ। एशोसिएसनले मंगलबार दीप प्रज्वलन गरी दिवंगत यादवको आत्माको चीर शान्तिको कामना गरेको छ।
मलंगवा नगरपालिका–१० मा डेरा गरेर बस्दै आएका यादवलाई दुई जनाले घर बाहिर बोलाई गोली प्रहार गरी हत्या गरेका थिए। एशोसिएसनले गृहमन्त्री ओमप्रकाश अर्याललाई भेटेर दोषीलाई तत्काल पक्राउ गरी कडा कारबाही गर्न माग गरेको छ। साथै इन्जिनियरहरूको सुरक्षा सुनिश्चित गर्न सरकारसँग आग्रह गरेको छ।











प्रतिक्रिया