डा. शेखर कोइरालाले संसदीय सर्वोच्चताका लागि निर्वाचनमा होमिएको घोषणा


काठमाडौँ ।

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संविधान संरक्षण र संसदको सर्वोच्चताका लागि मोरङ क्षेत्र नं. ६, विराटनगर–५ जामुनगाछीमा प्रतिनिधिसभा सदस्य निर्वाचनमा होमिएको घोषणा गरेका छन्। चुनाव प्रचारका क्रममा उनले भने, “संसदमा कांग्रेसको सर्वोच्चता नहुँदा कांग्रेस पनि कम्युनिस्ट हुनेछ, जुन आम नागरिकले चाहेका छैनन्।”

नेता कोइरालाले नयाँ पार्टीबारे बुझ्न आवश्यक रहेको भन्दै पुराना दलप्रति फैलिएका अफवाह चिर्न सबैलाई सजग रहन आग्रह गरे। उनले विदेशमा रहेका नागरिकलाई यहाँको वास्तविक अवस्था बुझ्न र उचित मतदान गर्न आग्रह गरे।

विराटनगरको विकासको विषयमा उनले महानगरको वित्तीय सुशासन र पहिलो स्थान हासिल गरेको तथ्य उल्लेख गर्दै, जामुनगाछी–सुनसरी हुलाकी सडक निर्माणमा ढिलाइ भए पनि कांग्रेसले समस्या समाधान गरेको बताए। साथै, पश्चिम क्षेत्रका वडाहरूमा डुबान रोक्न केशलिया र बुढी खोलामा तटबन्ध निर्माणलाई प्राथमिकतामा राखेको जानकारी दिए।