काठमाडौं ।
काठमाडौं उपत्यकामा एक कार चालकले पैदलयात्रीलाई कुटेको भिडियोलाई सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले खोजी सुरु गरेको छ। भिडियोमा कार र सार्वजनिक यातायातको बस देखिएकाले घटना काठमाडौंको अनुमान गरिएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन कुमार भट्टराईले भने, “भिडियो प्राप्त भइसकेको छ र कार तथा व्यक्तिको पहिचानका लागि अनुसन्धान अघि बढाइएको छ।
कारबाहीको दायरामा ल्याइनेछ।” भिडियोमा कारबाट झरेका व्यक्ति पैदलयात्रीलाई गाली गर्दै कुटिरहेको देखिन्छ, त्यसपछि अर्को महिला पनि गाली गर्दै भिडियोलाई थपिएको सुनिन्छ।











प्रतिक्रिया