महाशिवरात्रि पश्चात पशुपति क्षेत्रका साधु–सन्तहरूको औपचारिक बिदाई


काठमाडौँ।

पशुपति क्षेत्रबाट महाशिवरात्रिको पावन अवसरमा बस्ने हजारौं साधु–सन्तहरूको मेला सकिएसँगै औपचारिक बिदाई गरिएको छ।

भारत र नेपालका विभिन्न स्थानबाट आएका नागा बाबा र सन्तहरूले शिवरात्रिको शोभा बढाएका थिए। परम्पराअनुसार पशुपति क्षेत्र विकास कोषले साधुहरूको दर्जा र वरिष्ठता हेरी दक्षिणा तथा बाटो खर्च उपलब्ध गराएर उनीहरूलाई विदा गरेको हो।

अब साधुहरू आफ्ना अखाडा र आश्रमतर्फ फर्कने तयारीमा छन्।