काठमाडौं।
नेपाली सेनाले कंगोमा कार्यरत नेपाली शान्ति सैनिकहरूको अदलीबदली गरेको छ। संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापना कार्यका लागि कंगोमा सञ्चालन भइरहेको संयुक्त राष्ट्रसंघीय स्थिरीकरण मिसनअन्तर्गत कार्यरत श्री चण्डीदल गण (शान्ति सेना) ३१औँ डफ्फालाई बदली गर्न श्री रूद्रध्वज गण (शान्ति सेना) ३२औँ डफ्फाका २३८ जना नेपाली शान्ति सैनिक पहिलो टोलीका रूपमा मिसन इलाकातर्फ प्रस्थान गरेका छन्।
त्यसैगरी, उक्त मिसनमा आफ्नो कार्यकाल सम्पन्न गरेका २३६ जना नेपाली शान्ति सैनिक स्वदेश फर्किएका छन्। हाल कंगोस्थित उक्त मिसनमा नेपाली सेनाका १६१ जना शान्ति सैनिक कार्यरत रहेका छन्। नेपाली सेना संयुक्त राष्ट्रसंघीय शान्ति मिसनहरूमा निरन्तर सहभागी हुँदै विश्व शान्ति स्थापनामा महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ।











प्रतिक्रिया