काठमाडौँ।
राष्ट्रपति रामचन्द्र पौडेल ले नेपाल र नेपालीको शान, गौरव तथा प्रतिष्ठा बढाउन शेर्पा समुदायको योगदान उल्लेखनीय रहेको बताउनुभएको छ। नेपाल शेर्पा संघ ले आयोजना गरेको ग्याल्पो ल्होसार २१५३ औँ मे फो त ल्हो (नयाँ वर्ष) शुभकामना आदानप्रदान कार्यक्रममा सम्बोधन गर्दै उहाँले शेर्पा समुदायको भूमिका गर्वको विषय भएको उल्लेख गर्नुभयो।
हिमाली क्षेत्रबाट उद्गम भएको शेर्पा समुदाय आज विश्वभर फैलिएको र नेपाललाई अन्तर्राष्ट्रिय रूपमा चिनाउन सफल भएको उहाँको भनाइ थियो। पर्यटन तथा पर्वतारोहण क्षेत्रमा विश्वव्यापी ख्याति कमाएको शेर्पा समुदाय इमान्दार, परिश्रमी र प्रकृतिप्रेमी जातिका रूपमा परिचित रहेको राष्ट्रपति पौडेलले बताउनुभयो।











प्रतिक्रिया