काठमाडौं।
आयोजक प्याब्सन काठमाडौं यु–१५ प्याब्सन क्रिकेट लिग (पीसीएल) मा आइतबार विजयी भएको छ । तल्लो मूलपानी क्रिकेट मैदानमा भएको समूह ‘ए’ को लिग खेलमा काठमाडौंले प्याब्सन कोशीलाई ९ रनले पराजित ग¥यो ।
तीन खेलमा दुई जित हात पारेको काठमाडौंको सेमिफाइनल पुग्ने सम्भावना कायमै छ । लगातार तेश्रो हारसंगै कोशी प्रतियोगिताबाट बाहिरिएको छ । सोमबार प्याब्सन गण्डकी र प्याब्सन लुम्बिनीबीच हुने खेलले समूह ‘ए’ बाट सेमिफाइनल पुग्ने दुवै टोलीको टुंगो लाग्ने छ ।
टस हारेर ब्याटिङको निम्तो पाएको काठमाडौंले निर्धारित २० ओभरमा ५ विकेट गुमाउदै १ सय ४२ रनको योगफल बनायो । ‘प्लेयर अफ द म्याच’ तपेन्द्र विष्टले नटआउट ४९, सन्दिप साउदले २३ र जोन ओलीले १९ रन जोडे । बलिङमा कोशीका प्रज्ज्वल सेढाईंले २ तथा आकाश यादव र उज्ज्वल खतिवडाले १–१ विकेट हात पारे ।
प्रत्युत्तरमा कोशीले २० ओभरमा ९ विकेट क्षतिमा १ सय ३३ स्कोर ग¥यो । लुसेङ गुरुङले ४०, प्रज्ज्वल अधिकारीले २३ तथा उत्तम राजवंशी र रुसल सुन्दासले समान १३–१३ रन जोडे । बलिङतर्फ काठमाडौंका इन्साब बोहराले २ तथा तपेन्द्र विष्ट, प्रयुश उप्रेती, शम्भु ढकाल र सुशान्त लामिछानेले समान १–१ विकेट लिए ।
सेमिफाइनल पुगिसकेका दुई टिमको खेलमा प्याब्सन मधेशले प्याब्सन बागमतीलाई १८ रनले हराउदै समूह ‘बी’ को विजेता बन्यो ।
पहिलो ब्याटिङ गरेको मधेशले २० ओभरमा ९ विकेट गुमाउदै १ सय १४ रन जोड्यो । बागमती पूरै २० ओभर खेल्दै ९ विकेट नोक्सानीमा ९६ रनमा सीमित भयो । २५ रन जोड्नुका साथै २ विकेट लिएका मधेशका खिलराज सर्राफ ‘प्लेयर अफ द म्याच’ बने ।











प्रतिक्रिया