सर्लाही
भौतिक पूर्वाधार विकास कार्यालय सर्लाहीमा कार्यरत सव–इन्जिनियर ३२ वर्षीय प्रमोद यादवमाथि गोली प्रहार भएको छ।
मलंगवा नगरपालिका–१० स्थित भाडाको कोठामा बस्दै आएका यादवलाई बेलुका ८ बजे नचिनेका मान्छेले गोली प्रहार गरेको सर्लाही प्रहरीले जानकारी दिएको छ।
छातीमा गोली लागेर गम्भीर घाइते भएका यादवको उपचारका क्रममा मलंगवा स्थित प्रादेशिक अस्पतालमा मृत्यु भएको हो।
सिरहा घर भएका यादव श्रीमतीसँगै मलंगवा–१० मा भाडाको घरमा कोठा लिएर बस्दै आएका थिए। उनको शव प्रादेशिक अस्पताल मलंगवामा राखिएको छ।
घटनामा संलग्न व्यक्तिको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको छ।











प्रतिक्रिया