पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढ्यो


काठमाडौँ।

नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढाएको छ । सोमबार बिहानदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढाइएको हो ।

निगमका अनुसार, पेट्रोल लिटरमा एक रुपैयाँ बढाइएको छ । त्यस्तै, डिजेल/मट्टीतेलको मूल्य लिटरमा तीन रुपैयाँ बढाइएको निगमले जनाएको छ ।