वेस्ट इन्डिजसँग नेपाल ९ विकेटले पराजित


काठमाडाैं ।

आइसिसी पुरुष टी–२० विश्वकप क्रिकेटमा नेपाल लगातार तेस्रो खेलमा पराजित भएको छ । आज भएको खेलमा वेस्ट इन्डिजसँग पनि नेपाल पराजित भयो ।

भारतको मुम्बईस्थित वानखेडे स्टेडियममा भएको खेलमा नेपाल वेस्ट इन्डिजसँग ९ विकेटले पराजित भएको हो । नेपालले दिएको १ सय ३४ रनको लक्ष्य पछाएको वेस्ट इन्डिजले १५.२ ओभरमा पूरा गर्‍यो ।

समूह ‘सी’ मा रहेको नेपालको यो लगातार तेस्रो हार हो । यसअघि पहिलो खेलमा नेपाल इग्ल्याण्डसँग, दोस्रो खेलमा इटालीसँग पराजित भएको थियो । यस लगातार हारसँगै नेपालको सुपर एटमा पुग्ने सम्भावना सकिएको छ ।