काठमाडौँ ।
नेपाल विद्युत प्राधिकरणले गुल्मीको तम्घासदेखि बागलुङको बुर्तिबाङसम्म निर्माण भएको १३२ केभी डबल सर्किट प्रसारण लाइन आजदेखि परीक्षणसहित सञ्चालनमा ल्याएको छ। यो प्रसारण लाइनले गुल्मी र बागलुङ जिल्लामा विद्युत आपूर्ति थप विश्वसनीय र सुदृढ बनाउने अपेक्षा गरिएको छ।
प्राधिकरणले उच्च भोल्टेजका कारण हुने सम्भावित जोखिमलाई ध्यानमा राख्दै सर्वसाधारणलाई टावरमा नचढ्न, तार वा संरचना नछुन, टावर वरिपरि नजान र घरेलु जनावर नछोड्न अनुरोध गरेको छ। परीक्षणका क्रममा झिल्का वा अन्य जोखिम देखिएमा नजिकको प्रहरी चौकी वा विद्युत कार्यालयमा तुरुन्त जानकारी दिन आग्रह गरिएको छ।
यो प्रसारण लाइन ‘बुर्तिबाङ–पोदीअमराई–तम्घास–सन्धिखर्क–गोरुसिंगे १३२ केभी प्रसारण लाइन आयोजना’ अन्तर्गत निर्माण गरिएको हो र करिब चार अर्ब रुपैयाँभन्दा बढी लागतमा सम्पन्न भएको छ। यससँगै गुल्मीका स्थानहरूमा छिनछिनमा हुने बत्तीजाने समस्यामा पनि सुधार आउने अपेक्षा गरिएको छ।











प्रतिक्रिया