काठमाडौँ ।
निर्वाचन आयोगले आगामी निर्वाचनलाई लक्षित गर्दै देशभर डिजिटल मतदाता शिक्षा अभियान सुरु गरेको छ। अभियान फागुन १७ गतेसम्म सञ्चालन हुनेछ। यसपटक आयोगले प्रत्येक वडामा आफ्नै स्वयंसेवक नियुक्त गरी तालिम दिइ, मतदातालाई घरदैलोमा नमूना मतपत्र र स्वस्तिक छापको प्रयोग गरेर मतदान प्रक्रिया सिकाउनेछ।
सूचना अधिकारी सुमन घिमिरेका अनुसार, ‘डिजिटल मतदाता शिक्षा’को मुख्य विशेषता अनुसार पोस्टर र पम्प्लेटको सट्टा सामाजिक सञ्जालमा भिडियो, एनिमेसन र ब्रोसरमार्फत मतदातालाई जानकारी दिइनेछ। आयोगले अनुगमनका लागि प्रविधिको प्रयोग गर्दै, प्रत्येक स्थानीय तहका निर्वाचन सम्पर्क व्यक्तिहरूलाई दैनिक रिपोर्टिङका लागि जिम्मेवारी दिएको छ।
मतदातालाई पनि आयोगको आधिकारिक फेसबुक पेज ‘इलेक्सन कमिसन नेपाल’ फलो गरी डिजिटल माध्यमबाट जानकारी लिन प्रोत्साहित गरिएको छ।











प्रतिक्रिया