काठमाडौं ।
नेपाली कांग्रेसले सार्वजनिक गर्ने भनिएको प्रतिज्ञापत्र बुधबारका लागि सारिएको छ। पार्टी प्रवक्ता देवराज चालिसेका अनुसार, प्रारम्भमा आइतबार सानेपास्थित पार्टी कार्यालयमा तय गरिएको कार्यक्रम स्थगित गरिएको हो।
संशोधित कार्यक्रमअनुसार, प्रतिज्ञापत्र अब मधेश प्रदेशको जनकपुरधाममा ६ फागुनबाट सुरु हुने चुनावी सभामा सार्वजनिक गरिनेछ। कांग्रेसले सोही दिन मधेशबाट चुनावी अभियानको सुरुवात गर्ने तयारी गरेको छ।
निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनका लागि दलहरूलाई घोषणापत्र पेश गर्ने समय आइतबारसम्म तोकेको छ। चालिसेले प्रतिज्ञापत्र आयोगमा आइतबारै बुझाइने बताए।











प्रतिक्रिया