राप्रपाको घोषणा : अब ‘नेपाल बन्द’ नगर्ने


काठमाडौँ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी दिनमा कहिल्यै ‘नेपाल बन्द’ नगर्ने घोषणा गरेको छ। चुनावी संकल्प पत्र सार्वजनिक गर्दै पार्टीले बन्द र हड्तालको संस्कृतिले मुलुकको आर्थिक विकासमा गम्भीर असर पार्नुका साथै सर्वसाधारणको जनजीवन कष्टकर बनाएको निष्कर्ष निकालेको जनाएको छ।

पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन ले आन्दोलनका नाममा नागरिकको दैनिकी प्रभावित हुने कार्य नगर्ने प्रतिबद्धता व्यक्त गरे। विशेषगरी स्वास्थ्य, हवाई सेवा, खानेपानी, विद्युत, ग्यास तथा पेट्रोलियम पदार्थको ढुवानी र वितरणजस्ता अत्यावश्यक क्षेत्रमा हड्ताल पूर्ण रूपमा प्रतिबन्ध लगाउने नीति अघि सारिएको उनले बताए।