लोकप्रियतावादको भ्रमबाट सचेत रहन एमालेको आग्रह


काठमाडौं । 

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का प्रचार तथा प्रकाशन विभाग प्रमुख मीनबहादुर शाहीले मतदातालाई लोकप्रियतावादको भ्रमबाट सचेत रहन आग्रह गरेका छन्। शनिबार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले क्षणिक तथा भावनात्मक लोकप्रियताले लोकतान्त्रिक अभ्यास र दीर्घकालीन राष्ट्रिय हितमा नकारात्मक असर पार्न सक्ने बताए।

उनले विचार, सिद्धान्त, तथ्य र राष्ट्रिय हितलाई केन्द्रमा राखेर विवेकपूर्ण ढंगले मताधिकार प्रयोग गर्न सबै मतदातालाई आह्वान गरे। ‘समृद्धिको बाटो, सूर्यमा मत’ नारासहित एमालेले समृद्ध नेपाल र सुखी नेपालीको लक्ष्य अघि सारेको समेत उनले उल्लेख गरे।