काठमाडौं ।
काठमाडौंबाट घरतर्फ जाँदै गरेका ५० वर्षीय डम्वर यादवको आज बिहान करिब ५ बजे सिन्धुलीको चियाबारीमा गाडीमा मृत अवस्थामा भेटिएका छन् । बिहान करिब ५ बजे काठमाडौंबाट हाइस बा ४ ख ६४३८ नम्बरको गाडीमा घरतर्फ जाँदै गरेका यादव चियाबारी आइपुग्दा मृत अवस्थामा भेटिएका हुन्।

उनीसँग उनका काकाका छोरा सन्तोष कुमार यादव पनि सँगै थिए। परिवारका अनुसार यादवलाई पहिला कुनै गम्भीर रोग थिएन।
प्रत्यक्षदर्शीका अनुसार उनी गाडीको पछाडिको सिटमा अचेत भएका थिए र पछि जाँच गर्दा उनको मृत्यु भइसकेको पुष्टि भएको बताइएको छ।। शव हाल सिन्धुली अस्पतालमा राखिएको छ भने घटनाबारे थप अनुसन्धान जारी रहेको छ।











प्रतिक्रिया