सिन्धुली ।
सिन्धुली जिल्लाको तिनपाटन गाउँपालिका–३ कदमे स्थायी घर भई हाल ढुङग्रेबास बस्ने ४२ वर्षीय रामलाल श्रेष्ठको करेन्ट लागेर मृत्यु भएको छ।
प्राप्त जानकारीअनुसार उनी खनिया खर्क क्षेत्रमा बिजुलीको पोलमा काम गर्ने क्रममा अचानक करेन्ट लागेको थियो । गम्भीर घाइते भएका उनलाई तत्काल सिन्धुली अस्पताल लगिएको थियो। तर, उपचारको क्रममा चिकित्सकले उनको मृत्यु पुष्टि गरेका छन्।
घटनाबारे थप अनुसन्धान भइरहेको र स्थानीय समुदाय यस घटनाबाट शोकमा परेको बताइएको छ।











प्रतिक्रिया