काठमाडौं ।
Cyril Ramaphosaले संगठित अपराध नियन्त्रण गर्न सेना परिचालन गर्ने घोषणा गर्नुभएको छ। केप टाउन सिटी हलमा संसदका दुवै सदनको संयुक्त बैठकमा राष्ट्रका नाममा सम्बोधन गर्दै उहाँले देशले सामना गरिरहेको सबैभन्दा गम्भीर खतरा संगठित अपराध भएको बताउनुभयो।
राष्ट्रपतिले यस वर्ष सरकारको मुख्य प्राथमिकता प्रविधि, गुप्तचरी र एकीकृत कानून कार्यान्वयनमार्फत आपराधिक गिरोहविरुद्धको अभियान तीव्र बनाउने रहेको स्पष्ट पार्नुभयो। अपराधका कारण ज्यान गुम्नु र युवाको भविष्य अन्धकारमय हुनु दुःखद् रहेको उल्लेख गर्दै प्रहरीलाई सहयोग गर्न दक्षिण अफ्रिकी राष्ट्रिय रक्षा बल परिचालन गरिने जानकारी दिनुभयो।
उहाँका अनुसार वेस्टर्न केप र गौतेङ क्षेत्रमा बढ्दो गिरोह हिंसा तथा अवैध उत्खनन नियन्त्रणका लागि केही दिनभित्र सुरक्षा बल खटाइनेछ। यसका लागि रणनीतिक योजना बनाउन प्रहरी मन्त्री र रक्षा बललाई निर्देशन दिइएको छ।
साथै, यस वर्ष ५ हजार ५ सय नयाँ प्रहरी भर्ती गरिने, हतियारसम्बन्धी कानून कडा बनाइने र देशभरका आपराधिक गिरोहविरुद्ध विशेष गुप्तचरी तथा बहु–विषय टोली परिचालन गरिने पनि उहाँले बताउनुभयो।











प्रतिक्रिया