काठमाडौ ।
काठमाडौंमा यस वर्षको महाशिवरात्रि पर्वलाई लक्षित गर्दै उपत्यका ट्राफिक प्रहरी कार्यालयले पशुपतिनाथ मन्दिर आसपास विशेष सुरक्षा तथा ट्राफिक व्यवस्थापन योजना लागू गरेको छ।
भक्तजन तथा दर्शनार्थीको सहज आवतजावतका लागि विभिन्न स्थानमा पार्किङ र वैकल्पिक रुट निर्धारण गरिएको छ।
दर्शनार्थीको अत्यधिक चापका कारण गौशाला क्षेत्रमा सवारी सञ्चालन प्रभावित भएमा मात्र उक्त क्षेत्रमा सवारी आवागमन निषेध गरी डाइभर्सन गरिने जनाइएको छ। चाबहिल, गौशाला र तिलगंगा क्षेत्रमा सामान्य अवस्थामा निर्वाध सवारी सञ्चालन गरिनेछ भने आवश्यक परे वैकल्पिक मार्ग प्रयोग गरिनेछ।
तिनकुने, सिनामंगल, बौद्ध, गौरीघाट, पुरानो बानेश्वर, मित्रपार्क लगायत क्षेत्रबाट आउने मालबाहक सवारीलाई आवश्यकता अनुसार निषेध गरिनेछ।
बागमती करिडोर र जोरपाटीबाट चाबहिल हुँदै आउने सवारीका लागि गुहेश्वरीपारि पार्किङ तोकिएको छ। साथै सिफल चौर, गुहेश्वरीपारि र बनकाली क्षेत्रमा पनि पार्किङको व्यवस्था गरिएको ट्राफिक प्रहरीले जनाएको छ।











प्रतिक्रिया