दार्चुला, खलंगा ।
दार्चुलाको सदरमुकाम खलंगास्थित जिल्ला कारागार कार्यालयको सुरक्षा अब नेपाली सेनाले सम्हालेको छ।
बिहीबारदेखि मन्त्रिपरिषद्को निर्णयअनुसार सुरक्षाका हिसाबले अति संवेदनशील मानिएका कारागार तथा महत्वपूर्ण आयोजनामा सेना परिचालन गर्ने नीति अनुरूप यहाँ सेना खटाइएको हो।
खलंगामै रहेको श्रीदल गुल्मबाट सहसेनानी अन्वेश गुरुङको नेतृत्वमा १० जनाको टोली कारागार सुरक्षार्थ परिचालन गरिएको छ। यसअघि कारागारको सुरक्षा नेपाल प्रहरीको टोलीले गर्दै आएको थियो भने हाल पनि प्रहरी टोली सुरक्षार्थ खटिएको छ।
प्रमुख जिल्ला अधिकारी अनिल पौडेलका अनुसार सरकारको निर्देशनअनुसार आवश्यक समन्वय गरी सुरक्षा व्यवस्थापन अघि बढाइएको हो।











प्रतिक्रिया