खोटाङ।
घरायसी विवाद भएपछि आफूले आफैलाई छुरा प्रहार गर्ने खोटाङका एक पुरुष गम्भीर घाइते बनेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुन्थला हाँबुका शुक्रबार बिहान करिब साढे चार बजे आफैले आफ्नै पेटमा छुरा रोप्दा गम्भीर बनेका हुन् ।
५४ बर्षीय राई राईले आफ्नै घरमा आफैलाई छुरा हानेका थिए । घाइते राईलाई जिल्ला अस्पताल दिक्तेलमा प्रारम्भिक उपचार गराइएपछि हेलिकोप्टरमार्फत काठमाण्डौं लगिएको छ । आफैले आफैलाई छुरा प्रहार गर्दा राईको आन्द्रा पेट बाहिर निस्किएको जिल्ला अस्पतालले जनाएको छ ।
पेटभित्र रगत जमेकोले अप्रेसन गर्नुपर्ने तथा आईसीयूमा राख्नुपर्ने अवस्थाले गर्दा रेफर गर्नुपरेको अस्पताल स्रोतले जनाएको हो । घाइते राईलाई दुई लाख ९५ हजार रुपैंयाँमा हेली चार्टर गरी काठमाण्डौं लगिएको छ । एक सन्तान रहेकी राईको छोरी जापानमा रहेकी छिन् । राई हाल भाउजू र फुपूसँग बस्दै आएको परिवार स्रोतले जनाएको छ ।
घटनाको जानकारी आएपछि प्रहरी चौकी नुन्थलाका टोली घटनास्थल पुगेका थिए । प्रारम्भिक जानकारी अनुसार घरायसी विवादको क्रममा आफैले आफैलाई छुराले हानेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।











प्रतिक्रिया