काठमाडौँ ।
नेकपा एमालेले निर्वाचन आयोगको निर्देशनअनुसार फागुन ३ भित्र चुनावी घोषणापत्र सार्वजनिक गर्न नसक्ने जनाएको छ। अध्यक्ष केपी शर्मा ओलीले मस्यौदामाथि अध्ययन गरिरहेकाले आवश्यक संशोधनपछि मात्र घोषणापत्र सार्वजनिक गरिने एमालेले स्पष्ट पारेको छ।
पार्टीका केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीका अनुसार घोषणापत्र तयार गर्ने काम तीव्र रूपमा भइरहे पनि फागुन ३ अगावै सार्वजनिक हुने सम्भावना कम छ। ओलीको संयोजकत्वमा गठन भएको मस्यौदा समितिले विभिन्न क्षेत्रका विज्ञ तथा सरोकारवालासँग छलफल गरेर सुझाव संकलन गरेको छ।
यसैबीच, नेपाली कांग्रेसले भने फागुन २ गते घोषणापत्र सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ। अन्य दलहरू पनि घोषणापत्र सार्वजनिक गर्ने तयारीमा छन्।











प्रतिक्रिया