ताप्लेजुङ ।
प्रधानमन्त्री सुशीला कार्की आज प्रतिनिधिसभा सदस्य निर्वाचन तयारी र शान्तिसुरक्षा व्यवस्थाको अवलोकनका लागि ताप्लेजुङ आइपुगेकी छन्। उनले बिहानै पाथीभरा माताको पूजाअर्चना गरेकी थिइन्।
सो अवसरमा उनले सामाजिक सञ्जालमा लेखेकी छन्, “फागुन महिना, निर्वाचन महिना। पाथीभराबाट सुरुआत। शान्तिपूर्ण निर्वाचनका लागि कामना गरेकी छु।”
प्रधानमन्त्री कार्कीले जिल्लास्थित सुरक्षा निकायका प्रमुख, मुख्य निर्वाचन अधिकृत र निर्वाचनमा खटिएका अधिकारीहरूसँग पनि भेट गर्ने कार्यक्रम छ।











प्रतिक्रिया