“महाशिवरात्रिमा: पशुपतिमा नागा बाबाहरूको उपस्थिति”(तस्बिर)


काठमाडौँ ।

महाशिवरात्रिको अवसरमा विभिन्न स्थानबाट आएका नागा बाबाहरूले आज बिहान पशुपति मन्दिर प्रवेश गरेका छन्। प्रभातफेरीपछि उनीहरूले मन्दिरको प्रवेशद्वार नम्बर १ बाट प्रवेश गरेका हुन्।

नागा बाबाहरू जोगीका चार सम्प्रदाय – सन्न्यासी, वैष्णव, नानक र उदासी – मध्ये सन्न्यासी सम्प्रदाय अन्तर्गत पर्छन्। पशुपतिमा महाशिवरात्रि दिन यी चारै सम्प्रदायका जोगीहरू उपस्थित हुने गर्छन्।