इमेज च्यानल, कमना न्यूज पब्लीकेसन्स र नेपाल क्यान्सर निवारण प्रतिष्ठानको संयुक्त आयोजनामा सचेतना तथा स्क्रिनिङ कार्यक्रम हुने


काठमाडौं ।

विश्व क्यान्सर दिवस, अन्तर्राष्ट्रिय बाल्यकाल क्यान्सर दिवस तथा विश्व रेडियो दिवसको सुअवसर पारेर आज शुक्रबार राजधानीमा एक विशेष सचेतना तथा क्यान्सर स्क्रिनिङ कार्यक्रमको आयोजना गरिने भएको छ।

‘इमेज च्यानल निर्णय एनएसकेको साथ घर बनाउनुहोस्’ कार्यक्रमको २७ औँ वार्षिकोत्सवको अवसरमा नेपाल क्यान्सर निवारण प्रतिष्ठानसँगको सहकार्यमा यो अभियान सञ्चालन हुन लागेको हो ।

महिला कलाकार सचेतना: कार्यक्रममा २५ जना महिला कलाकार तथा प्रतियोगिताका विजेताहरूका लागि विशेष क्यान्सर सचेतना र स्वास्थ्य परीक्षण गरिनेछ।

द्विपक्षीय सम्झौता कार्यक्रममा नेपाल क्यान्सर निवारण प्रतिष्ठान र मेडिक्वेस्ट ल्याब बीच स्वास्थ्य सेवाका लागि सम्झौता हुनेछ। साथै, इमेज ग्रुप/कामना प्रकाशनका कर्मचारीहरूलाई प्रयोगशाला परीक्षणमा विशेष छुट उपलब्ध गराउने सम्बन्धी अर्को सम्झौता पनि हस्ताक्षर हुने कार्यक्रम छ।

प्रमुख अतिथि: कार्यक्रममा काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डंगोल प्रमुख अतिथिको रूपमा उपस्थित हुनुहुनेछ।
अन्तरक्रिया कक्षा: क्यान्सर विशेषज्ञ डाक्टरहरू र सहभागी कलाकारहरू बीच सचेतनाका विषयमा प्रत्यक्ष अन्तरक्रिया समेत सञ्चालन गरिनेछ।

छोटो र प्रभावकारी रूपमा तय गरिएको यस कार्यक्रममा वार्षिकोत्सवको केक काट्ने समारोह र सहभागीहरूलाई प्रमाणपत्र वितरण गर्ने तालिका समेत रहेको छ।

कार्यक्रमका आयोजक निर्णय एनएसकेका अनुसार रेडियोको माध्यमबाट समाजमा सकारात्मक प्रभाव पार्ने र स्वास्थ्य सचेतना फैलाउने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको हो।