काठमाडौं ।
आज विश्वभर विविध कार्यक्रमका साथ विश्व रेडियो दिवस मनाइँदै छ। UNESCO को अगुवाइमा सन् २०१२ देखि मनाउन थालिएको यो दिवस सन् १९४६ मा स्थापना भएको राष्ट्रसंघीय रेडियो सेवाको स्मरणमा मनाइन्छ।
दिवसको उद्देश्य रेडियोको महत्वबारे जनचेतना अभिवृद्धि गर्नु, सबैका लागि सूचना पहुँच सुनिश्चित गर्नु तथा विश्वभरका प्रसारकबीच सहकार्य सुदृढ गर्नु रहेको छ। कम लागतमा सञ्चालन गर्न सकिने र दुर्गम क्षेत्रसम्म सहजै पुग्न सक्ने भएकाले रेडियो अझै पनि प्रभावकारी सञ्चार माध्यमका रूपमा स्थापित छ।
यस अवसरमा विभिन्न रेडियो स्टेशनहरूले विशेष कार्यक्रम, विचारमञ्च तथा जनचेतनामूलक गतिविधि सञ्चालन गरिरहेका छन्। साथै कृत्रिम बौद्धिकता (एआई) को प्रयोग जनहितमा केन्द्रित हुनुपर्नेमा जोड दिइएको छ।











प्रतिक्रिया