काठमाडौँ।
आइसिसी टी–२० विश्वकपअन्तर्गत समूह चरणको दोस्रो खेलमा जितका लागि नेपालले इटालीलाई एक सय २४ रनको मध्यम लक्ष्य दिएको छ ।
मुम्बईस्थित वनखेडे मैदानमा बिहीबार टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले १९.३ ओभरमा सबै विकेटको क्षतिमा एक सय २३ रन बनायो ।
नेपालका लागि आरिफ शेखले सर्वाधिक २७ रन बनाए । उनले २४ बलमा तीन चौकाको सहयोगमा उक्त रन जोडेका हुन् । यस्तै कप्तान रोहित पौडेलले २३ रन बनाए । उनले १४ बलमा दुई छक्काको सहयोगमा उक्त रन बनाएका हुन् ।
ओपनर आशिफ शेखले २० रन जोड्टा अर्का ओपनर कुशल भुर्तेल पाँच रनमा आउट भए । यस्तै दीपेन्द्रसिंह ऐरीले १७ रन बनाए । लोकेश बम र गुल्शन झा तीन तीन रन जोड्दै पेभेलियन फर्किए ।
त्यसपछि करण केसीले अविजित १८ रन बनाए । सन्दीप लामिछाने पाँच रन तथा नन्दन यादव र ललित राजवंशी शुन्य रनमा रन आउट भए ।
बलिङमा इटालीका क्रिशन कालुगामेजले तीन विकेट लिए । बेन मनेन्टीले दुई तथा अलि हसन, जेजे स्मुथ र जसप्रित सिंहले एक एक विकेट लिए ।
पहिलो खेलमा टेस्ट टोली इङ्ल्यान्डसँग सनसनीपूर्ण प्रदर्शन गर्दै चार रनले पराजित भएको नेपालमाथि आजको खेल जित्नैपर्ने दबाब छ । पहिलो पटक विश्वकप खेलिरहेको इटाली पनि नेपाललाई हराएर सुपर आठको यात्रा तयगर्ने दाउमा छ ।











प्रतिक्रिया