राष्ट्रियसभाको चालू अधिवेशन अन्त्य


काठमाडौं ।

राष्ट्रियसभाको चालू अधिवेशन अन्त्य गरिएको छ। मन्त्रिपरिषद्को माघ २६ गतेको सिफारिसअनुसार राष्ट्रपति रामचन्द्र पौडेलले फागुन १ गते मध्यरातबाट लागू हुने गरी अधिवेशन अन्त्य गरेका हुन्।

राष्ट्रपति कार्यालय शीतल निवासले जारी गरेको सूचनामा सरकारको सिफारिस बमोजिम नेपालको संविधानअनुसार अधिवेशन अन्त्य गरिएको उल्लेख छ।

राष्ट्रियसभाको चालू अधिवेशन गत माघ ४ गते आह्वान गरिएको थियो। करिब एक महिनापछि अधिवेशन अन्त्य भएको हो।