कालाकाटेमा अटोरिक्सा–टिपर ठोक्किँदा चालकको मृत्यु, पाँच घाइते


दाङ ।

दाङ देउखुरीको गढवा गाउँपालिका–१ कालाकाटे क्षेत्रमा अटोरिक्सा र टिपर एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।

इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक डबलबहादुर बमका अनुसार दुर्घटनामा अटोरिक्सा चालक ३६ वर्षीय जोरकुमार पुनको मृत्यु भएको हो। भालुवाङबाट कालाकाटेतर्फ गइरहेको टिपरले विपरीत दिशाबाट आइरहेको अटोरिक्सालाई ठक्कर दिएको प्रहरीले जनाएको छ।

दुर्घटनामा घाइते भएका पाँच जनाको उपचार भइरहेको छ। दुर्घटनामा संलग्न टिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।