विराटनगर ।
नेकपा (एमाले) का नेता तथा मोरंग क्षेत्र नं. ६ का प्रतिनिधिसभा प्रत्यक्षतर्फका उम्मेदवार विनोद ढकाललाई पितृशोक परेको छ। उनका पिता बिष्णुप्रसाद ढकालको १०२ वर्षको उमेरमा बिहीबार बिहान ९ बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ।
लामो समयदेखि घरमै आराम गरिरहनु भएका स्वर्गीय ढकालको आजै दिउँसो ३ बजे विराटनगर–१ स्थित सिंघिया किनारको परोपकार घाटमा अन्त्येष्टि गरिने कार्यक्रम तय गरिएको छ।
स्वर्गीय ढकालका २ छोरा र ६ छोरी गरी ८ सन्तान थिए। हाल १ छोरा (विनोद ढकाल) र ४ छोरी जीवित रहेका छन्। विनोद ढकाल स्वर्गीय ढकालका कान्छा सुपुत्र हुन्। स्वर्गीय ढकालको निधनप्रति राजनीतिक तथा सामाजिक क्षेत्रका व्यक्तित्वहरूले दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन्।











प्रतिक्रिया