काठमाडौं ।
रामेछापको मन्थली नगरपालिका–स्थित सेलेघाटमा मंगलबार भएको बस दुर्घटनामा १२ जनाको मृत्यु भएको छ भने ३ जना बेपत्ता छन्। काठमाडौँबाट ओखलढुङ्गा जाँदै गरेको प्रदेश–३–०१–००५ ख ९९७५ नम्बरको बस तामाकोसी नदीमा खसेको थियो।
घटनापछि मृतकका आफन्तले प्रदर्शन गरेका थिए। प्रदर्शन नियन्त्रणका लागि प्रहरीले हवाई फायर र अश्रुग्यास प्रहार गरेको थियो। पछि जिल्ला सुरक्षा समिति, पीडित परिवार र अरनिको यातायात सेवा प्रालिबीच ८ बुँदे सहमति भएपछि शव पोस्टमार्टम गरी बुझ्ने प्रक्रिया सुरु गरिएको छ।
सहमति अनुसार मृतकका परिवारलाई कानुन बमोजिम क्षतिपूर्ति उपलब्ध गराइने, घाइतेको उपचारमा कमी हुन नदिने तथा चालकलाई कडा कारबाही गरिने छ। बेपत्ताको खोजीमा सेना र सशस्त्र प्रहरीका गोताखोर टोली परिचालन गरिएको छ।
३ जना बेपत्ता
काठमाडौँबाट ओखलढुङ्गा जाँदै गरेको प्रदेश–३–०१–००५ ख ९९७५ नम्बरको यात्रुवाहक बस तामाकोसीमा खस्दा ३ जना बेपत्ता भएका हुन् । आफन्तहरुका अनुसार रामेछापको उमाकुण्ड गाउँपालिका–६ गुप्तेश्वरका २४ वर्षीय विशाल सुनुवार, लिखु तामाकोसी गाउँपालिका–७ तिल्पुङकी ८ वर्षीया रेमिसा तामाङ र मन्थली नगरपालिका–२ का ९ वर्षीय क्रिचन तामाङ बेपत्ता छन् । उनीहरूका आफन्तले खोजतलासको लागी जिल्ला प्रहरी कार्यालय रामेछापमा निवेदन दिएका छन् ।
दुर्घटनामा परेर मृत्यु हुनेमा
रामेछापको लिखु तामाकोसी गाउँपालिका घर भएका २१ वर्षीया बबि तामाङ, ३० वर्षीय दीपेश बस्नेत, दिपेन्द्र बस्नेत, सानुमाया तामाङ, तारा तामाङ, रमिता तामाङ, ३६ वर्षीय भीमबहादुर तामाङ, ४५ वर्षीय मन कुमारी बरुवाल, सिन्धुली घर भएका ३४ वर्षीय शिव श्रेष्ठ, दोलखा घर भएका मान बहादुर तामाङ, लिखु तामाकोसी गाउँपालिका बस्ने १६ वर्षीय सुकृत तामाङ र उमाकुण्ड घर भएका ५७ वर्षीय धर्मसिंह सुनुवार छन् ।
जिल्ला सुरक्षा समिति, पीडित परिवार र अरनिको यातायात सेवा प्रालिबीच ८ बुँदे सहमति













प्रतिक्रिया