काठमाडौं ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल समाचारपत्रका सहायक सम्पादक सुनील महर्जनलाई सुशासन पुरस्कार प्रदान गरेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३५औं स्थापना दिवसको अवसरमा बुधबार आयोजित समारोहका बीच सो पुरस्कार प्रदान गरिएको हो । उपराष्ट्रपति रामसहायप्रसाद यादवले महर्जनलाई प्रमाणपत्र प्रदान गर्नुभयो । सो पुरस्कारको नगद राशि २५ हजार रुपियाँ रहेको छ ।
भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धनमा पत्रकारितामार्फत उल्लेखनीय योगदान पु¥याउनेलाई सो पुरस्कार प्रदान गर्ने गरिन्छ । यस वर्ष सो पुरस्कार महर्जनसहित लेखक डा. दिपेश घिमिरे, उकालो डटकमका दीपा दाहाल, नेपाल न्युजका खिला ढकाल, गोरखापत्रका मुगु संवाददाता हरिकृष्ण ऐडीलाई प्रदान गरिएको थियो ।
सो अवसरमा प्रधानमन्त्री सुशीला कार्कीले आयोगका एक जना कर्मचारीलाई उत्कृष्ट अख्तियार सेवा पुरस्कार र चार जना कर्मचारीलाई उत्कृष्ट अनुसन्धानकर्ता पुरस्कार प्रदान गर्नुभयो ।
सो अवसरमा प्रधानन्याधीश प्रकाशमानसिंह राउत, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, नेपाल सरकारका मन्त्री, संवैधानिक आयोगका प्रमुख, उच्चपदस्थ कर्मचारी, सुरक्षा अंगका प्रमुखहरूको उपस्थिति रहेको थियो ।











प्रतिक्रिया