रौतहट ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, जनकपुरधामको निर्देशनलाई बेवास्ता गर्दै उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयले पर्यटन विकास कार्यालय रौतहटमा छैठौं तहका इन्जिनियरलाई कार्यालय प्रमुखको जिम्मेवारी दिएको छ । उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयले गएको माघ २ गते छैठौं तहका इन्जिनियर कमलेश कुमार मिश्रको सरुवा गर्ने निर्णय कार्यान्वयन नगर्न मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, जनकपुरधामका निमित्त प्रमुख सचिवस्तरीय निर्णयबाट माघ ४ गते निर्देशन जारी गरिए पनि बेवास्ता भएको छ ।
उक्त निर्णय कार्यान्वयन नहुँदा पर्यटन बिकास कार्यालय रौतहटमा कार्यालय प्रमुख, प्रशासन सेवाका आठौँ तहका लेखा अधिकृत राजेश काफ्ले कार्यालय प्रमुह हुनेछन । यस अघि कार्यालय पर्यटन बिकास कार्यालयका प्रमुख काफले लाई वन तथा वातावरण मन्त्रालयमा सरुवा गरिएको थियो । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट सरुवा कार्यान्वयन नगर्न उपसचिव रोहित कुमार कोइरालाद्वारा हस्ताक्षरित पत्रको प्रतिउत्तरमा उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयका सचिव जय कुमार घिमिरेले पर्यटन विकास कार्यालय रौतहटमा इन्जिनियर कमलेश कुमार मिश्र हाजिर भइसकेकोले मन्त्रालयको निर्णय कार्यान्वयन हुने ब्यहोराको जानकारी मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, जनकपुरधाममा गराएपछि दुवै मन्त्रालयको जुहारी चलेको हो ।
प्रदेश सरकारभित्रै निर्णय कार्यान्वयन र अधिकार क्षेत्रका विषयमा असमझदारी देखिएको भन्दै सरोकारवालाहरूले प्रश्न उठाएका छन् । मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयको निर्णयलाई मातहत मन्त्रालयको अटेरीले प्रशासनिक अन्योलता मात्रै सिर्जना भएको टिप्पणी गरिएको छ ।
उता मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, जनकपुरधामको निर्णय पछि कार्यालय प्रमुख राजेश काफलेले इन्जिनियर कमलेश कुमार मिश्रलाई माघ ७ गते रमाना दिएपनि उनी भने आफूनै कार्यालय प्रमुख रहेको दाबी गर्दै कार्यालय छाडन नमानेपछि उत्पन्न विवाद एक महिनादेखि सल्टिन सकेको छैन । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले यसअघि सो कार्यालयमा वरिष्ठ अधिकृतलाई जिम्मेवारी दिने निर्णय गरेको बताइए पनि मन्त्रालयले फरक निर्णय गर्दै इन्जिनियरलाई प्रमुख तोकेको स्रोतको दाबी छ ।











प्रतिक्रिया